फिफा विश्व कप २०१८ को नकआउट चरणको आजको खेलमा स्वीडेनले १–० को अन्तरले स्विट्जरल्याण्डलाई पराजित

0
65

काठमाडौं । फिफा विश्व कप २०१८ को नकआउट चरणको आजको खेलमा स्वीडेनले १–० को अन्तरले स्विट्जरल्याण्डलाई पराजित गरेको छ ।

स्वीडेनका एमिल पार्सवर्गले ६६ अाैं मिनेटमा फ्रि किक मार्फत गोल गरेका थिए । स्वीडेनले सामुहिक रुपमा राम्रो प्रदर्शन गरेको थियो । उसले ग्रुपमा जर्मनीसँग हार्नु परेको थियो ।

स्वीडेनले १२ पटकसम्म गोल लगाउने प्रयास गरेको थियो भने स्वीट्जरल्याण्डले १८ पटकसम्म गोल गर्ने अवसर पाएको थियो । खेल अवधीभरमा स्वीडेनका एक खेलाडीले पहेँलो कार्ड पाएका थिए भने स्वीट्जरल्याण्डका दुई खेलाडीले पहेँलो कार्ड र एकले रातो कार्ड पाएका थिए ।

आजको खेलमा स्वीडेनले तीन कर्नर किक पाएको थियो भने स्वीट्जरल्याण्डले ११ कर्नर किक पाएको थियो । स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

LEAVE A REPLY