स्विट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेनले क्वार्टरफाइनलमा स्थान

0
83

विश्वकपको नकआउट चरणमा स्विट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेनले क्वार्टरफाइनलमा स्थान बनाएको छ। २४ वर्षपछि स्वीडेन पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

मंगलबार साँझ भएको खेलमा स्वीडेनले स्विट्जरल्याण्डलाई १–०ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।

स्वीडेनका लागि इमिल फोर्सबर्गले निर्णायक गोल गरेका थिए। पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनले दोस्रो हाफमा निर्णायक गोल गरेको हो।

इमिल फोर्सबर्गले ६६ औं मिनेटमा स्वीडेनका लागि निर्णायक गोल गरेका हुन्। फोर्सबर्गले डी बक्सबाट प्रहार गरेको बल सजिलै गोलकिपर यन सोमरको हातमा जादै थियो तर बीचमा डिफेन्डर मान्युयल आकान्जीले रोक्न खोज्दा उनको खुट्टामा लाग्दै बलले पोस्टको माथिल्लो भागबाट जाली चुमेको थियो।

अब स्वीडेनले क्वार्टरफाइनलमा इंग्ल्याण्ड वा कोलम्बियासँग खेल्नेछ। यिनीहरुबीचको खेल केहीबेरमा सुरु हुनेछ।

LEAVE A REPLY