डिफेन्डिङ च्याम्पियन जर्मनी रुस विश्वकपको समूह चरणबाटै बाहिरिएपनि प्रशिक्षक जोचिम लो भने नहटाउने

0
105

डिफेन्डिङ च्याम्पियन जर्मनी रुस विश्वकपको समूह चरणबाटै बाहिरिएपनि प्रशिक्षक जोचिम लो भने नहटाउने भएको छ।

दक्षिण कोरियासँगको २–० को हारसँगै समूह जीको पुछारमा रहँदै जर्मनी १९३८ पछि पहिलोपटक समूह चरणबाटै बाहिरिएको थियो।

२००६ मा जर्मनीको प्रशिक्षकमा नियुक्त भएका जोचिमको सम्झौता जर्मनीले अघिल्लो महिनामात्रै २०२२ सम्म लम्बाएको थियो।

उनको प्रशिक्षकत्वमा जर्मनी २०१० को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो भने २०१४ को च्याम्पियन बनेको थियो।

‘विश्वकपबाट बाहिरिएपछि हामीले जायज आलोचनाहरु ब्यहोरिरहेका छौं,’ उनले भने, ‘कतिपयले सपोर्ट गरेका छन् भने कतिले उत्प्रेरणा दिएका छन्। अब भने यस टोलीलाई नयाँ ढाचाँमा निर्माण गर्ने जिम्मा म लिन्छु।’

उनको प्रशिक्षिकत्वमा जर्मनी २००८ को युरोकप उपविजेत ाबनेको थियो भने २०१२ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो।

LEAVE A REPLY