27 C
Kathmandu
Friday, September 20, 2019
म पैसा कमाउन कला क्षेत्रमा आएको होइन :सरमाया

म पैसा कमाउन कला क्षेत्रमा आएको होइन :सरमाया

0
58

 

  • हिमाली जिल्ला रसुवाका धेरै युवायुवती पछिल्लो समय नेपाली कला संस्कृतिसंग जोडिन थालेका छन् । आफ्नो जातीय संस्कृतिका साथसाथै नेपाली मौलिक संस्कृति समेत बिस्मृतीमा पुग्ने हो की भन्ने चिन्ता बढ्दै गईरहेका बेला रसुवाका युवावर्गमा देखिएको संस्कृति संरक्षण प्रतिको चासोले धेरै आशा जगाएको छ । यिनै युवा युवती मध्येकी एक हुन् सारमाया तामाङ (सरु) । रसुवाको पर्यटकीय गाउँ गत्लाङकी सारमाया बिगत एक बर्ष देखि नेपाली कला संस्कृतिसंग जोडिएकी छिन् । बिशेष गरेर म्हेन्दोमाया क्षेत्रमा क्रियाशिल सारमायाले १ वर्षको छोटो समयमै तीनवटा म्युजिक भिडियोमा आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छिन् । युवि मंग्रेसाको ‘म्हेन्दोमाया स्यापालाम’ वोलको गीतको म्युजिक भिडियोमा मोडलिङ गरेर कलाकारिता क्षेत्रमा प्रबेश गरेकी सारमायाको जीवन्त अभिनय रोमन तामाङको ‘लेककी कान्छी’ बोलको गीतको म्युजिक भिडियोमा पनि देख्न सकिन्छ । प्रस्तुत छ : राष्ट्रिय संगितकर्मी संघ रसुवाकी सह–सचिव समेत रहेकी आमाछोदिङ्मो गाउँपालिका– ३ ,गतलाङकी सारमायासंग गरिएकोकुराकानीको सार संक्षेप :


कसरी आकर्षित हुनुभयो यो क्षेत्रमा ?
त्यस्तो बिशेष कारण त केही छैन । तर अग्रजहरुले आफ्नो कला संस्कृति जोगाउन लाग्नु पर्छ भनेर उत्प्रेरित गरिरहनु हुन्थ्यो र यही भावना जागृत हुँदै गएपछि यो क्षेत्रमा संलग्न हुन पुगेकी हुँ ।
कस्तो रहेछ त यो क्षेत्र ?
म यो क्षेत्रमा क्रियाशिल भएको धेरै समय भएको छैन । तैपनी जति काम यो समयमा मैले गरे मलाई सहज नै लागेको छ । अनि आफ्नो ईच्छा नै यही भएपछि गाह्रोलाई सजिलो वनाउन सक्नुपनि पर्छ । संघर्ष बिना त कुन क्षेत्र सहज हुन्छ र ?
समस्याहरु पनि अनगिन्ति छन भनिन्छ नि यो क्षेत्रमा ?
मैले त्यस्तो अनुभव गरेकी छैन । सहज रुपमा नै हिँडिरहेकी छु ।
पारिश्रमिक कति लिनु हुन्छ ?
म पैसा कमाउने भन्दा पनि नाम कमाएर सफल बन्ने उद्धेश्यले आएकी हुँ । पारिश्रमिक भन्ने कुरो त काम गर्ने टिम अनुसार फरक फरक पनि हुनसक्छ ।
कस्तो पहिरनमा प्रस्तुती दिन रुचाउनु हुन्छ ?
मलाई साधारण र जातीय संस्कृति,परम्परा झल्कने पहिरन अत्यन्त मन पर्छ ।
आफ्नो प्रस्तुती आफैंंलाई चाहीँ कस्तो लाग्छ ?
राम्रै लाग्छ,अझै राम्रो गर्नुपर्छ भन्ने पनि लाग्छ ।
तपाईको प्रस्तुतिमा अरुको प्रतिक्रिया चाहीँ कस्तो रहन्छ ?
अहिले सम्म राम्रै आईरहेको छ । बिशेष गरेर म्हेन्दोमाया क्षेत्र बुझ्नेहरुले मेरो प्रयासलाई अत्यन्त सकारात्मक मानिदिनु भएको छ ।
भविष्यमा के बन्ने रहर छ ?
आफ्नो कला संस्कृतिको संरक्षणमा क्रियाशिल रहँदै एउटा सफल कलाकार बन्ने उद्धेश्य छ मेरो ।
माया के हो ?
बुझे श्रीखण्ड, नबुझे खुर्पाको बिँड
प्रेम प्रस्ताव कत्तिको आउँछन् ?
कत्ति आउँछ कत्ति । राम्रो फुललाई सबैले मन पराउँछन नै ।
यो क्षेत्रमा हुने केटा साथीहरुको आफूप्रतिको व्यवहार चाहीँ कस्तो पाउनु भएको छ ?
मैले सबैको माया पाएकी छु । सबै मेरा अभिभावकहरु छन् । टिममा काम गर्दा सबैले मायाले ‘आङा आँङा ’ भनेर वोलाउँदा खुशी लाग्छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
म निरन्तर राम्रो गर्ने प्रयत्नमा छु । मेरा प्रस्तुतिहरुको निर्णायक भनेकै दर्शकहरु हुन् र सबैवाट सकारात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछु । नुवाकोट टाइम्सबाट

LEAVE A REPLY