दामोदर ढकालको कविता वाह सरकारर

0
99

 

खेत बाँझै छ
धानका बाला लहलह
झुल्ने खेतका गरामा
कुरे झारले सम्राज्य जमाएकाे छ
तर
सरकारले सिंचाइका लागि
पानी बिनाका प्लास्टिक पाेखरी
खनाएछ
पाेखरीमा दुई चार जग
आकासे पानी अझै बाँकी छ
भूकम्प पछि मुल
सुकेका छन
घण्टौं हिडेर जान्छ्न
पानी लिन
भाउजू र बुहारीहरू
दिदी र बहिनीहरू
त्यो पानी गाग्रीभरि बाेकेर
फर्किदा
प्लास्टिक पाेखरी डिच्च हाँस्छ ।

वैदिशिक राेजगार खुलेदेखि
खाेलाखेतमा बडेमानका रूख भैसके
खाेलाकाे पानी निराश छ
बगिरहन्छ तीनै ढुङ्गालाई सिन्चीत गर्दै
उसले अन्नलाई सिन्चीत गराउन
नपाएकाेमा गुनासो गर्छ
विदेशमा पसिनाको खोला बगाउँदै
नेपाली युवक गुनासो गर्छ
तर
धेरै युवालाई विदेश पठाएकाेमा
सरकार गर्व गर्छ ।

किनकि सरकार
प्लास्टिक पाेखरी हाे
कुलाे बनाउने झन्झट कस्ले गराेस
पानी परेकाे बेला अाफै भरिने
नपर्दा सुक्ने
यिनै सुकेको पाेखरी झैँ
सरकारले सबै सुकाउदैछ
सबै बाझा बनाउने छ
युवाकाे गुनासो विदेशीले
सुने सुन्छ
नसुने सुन्दैन
यहाँ सरकार
पानी विनाका पाेखरी खनाउछ
पानी भएका पाेखरी सुकाउछ
र मस्तले निदाउछ।

विद्यालय बन्द गराउँछ
र अाफन्तलाई बाेडिङ खाेल्न लगाउँछ
सरकारी अस्पताललाई
फाेहाेर मैला गराउछ
र अाफन्तलाई सफाचट
क्लिनिक खाेल्न लगाउछ
किनकि
सरकार बहादुरी छ
पानी भएकाे पाेखरी सुकाउछ
अनि प्लास्टिक पाेखरी खनाउछ
र त,
अर्थमन्त्रीले अर्थ विनियोजनकाे
भाषण ठाेक्छ

म गाउँमा प्लास्टिक
पाेखरी हेरिरहेछु
अनि साेचीरहेछु
सरकार
खाेला खेत बझ्याएर
खाद्यान्नकाे लागि चिन र भारत सँग
सम्झौता गर
त्यस्ता तिमीले
खनाएजस्ता अाहाल
घरैपिच्छै अाफै खनिन्थे
पहिले भैंसी नुहाउन
तर
अाजकल तिमीलाई
भत्ता खुवाउन विदेशमा भेडा चराउँदैछन युवा
विदेशमै सुगुरलाई चाराे खुवाउदैछन युवा
सुल्तानका सन्तान सिहार्दैछन युवती
तिमी
प्लास्टिकका पाेखरी
खनाउ र राज गर
मैले गाउँमा तिनै
पाेखरी
निहाल्दै
सरकारको गुनगान लेख्दैछु
वाह सरकार ।

LEAVE A REPLY