प्रीतिको कलाकार बन्ने धोको पुरा

0
66

मानिसका इच्छा अनेकन हुन्छन् ।मानिसले दु:खद पाउनुको कारण उसको यहि इच्छा पनि हो ।ग्रामीण गाउँ बाट सहरमा आउने लाखौं मानिसको कयौं रहर सपना र चाहनाहरु हुन्छन् । यसैले त काठमाडौं शहरलाई सपनाको शहर भन्ने गरिन्छ ।
घोडाघोडि न प: 8 लठुवा कैलालीकि प्रीति प्रीया परियार पनि यस्तै सपना बोकेर सहर छिरेकी हुन । अहिले उनको सपना पुरा हुने क्रममा छ्न । सहरमा आएपछि गीत पनि गाइसकेकी छिन । केही भिडियोमा मोडेलिङ पनि गरिसकेकि छिन । मिठा मुक्तक लेखने ्प्रीयाले पुस्तक समेत प्रकाशन गरिसकेकी छिन । २०७०देखि कलामा लागेकी उनी निरन्तर कला क्षेत्रमा मै छिन ।
यहासम्म आइपुग्न उनले कति सङघर्स गरेकी छिन त्यो उनलाई मात्र थाहा छ ।
तराइलाई गर्मी भन्दा जातीय बिभेदको लुले धेरै पोल्छ । प्रीति पनि यस्तै लु सहेर हुर्केकि हुन ।गाउँमा हुने जातीय बिभेदको उनले पनि सामाना गरिन ।नाच्ने गाउने नाटकहरुमा भाग लिने काम निरन्तर गरिरहिन । यो क्षेत्रमा बा आमाले पनि साथ दिए । समाजले पनि माया गर्यो ।उनी यहाँ सम्म आउनु कारण पनि सबैको साथ र सहयोग हो ।भन्छिन म यही क्षेत्रमा केही गर्न सकु ।

LEAVE A REPLY