कल्पना भुसालको गजल : मिठा मिठा बात

0
90

 

गजल

फसाउन सुरुमा मिठा मिठा बात देखायौ
दिल लुटि आखिर आफ्नो औकात देखायौ

एक्लै रमाएकै थिए म आफ्नै यो दुनियाँमा
जिबन भर साथ दिने बाचा गर्दै हात देखायौ

जब तिमि बिना बाँच्न नसक्ने बन्दै गए यता
मिल्दैन रे हाम्रो भन्दै थर दोषी जात देखायौ

मेरो सोझोपनको फाइदा उठाउएरै त छोडि
आफ्नो चढदो जवानीको तिमि मात देखायौ

तर्किन खोज्दा म आफै नजिक आइ आज
बहाना मेरैे साना कमजोरीको खात देखायौ

कल्पना भुसाल


स्याङ्जा ,गल्याङ

LEAVE A REPLY