मनाङबाट निर्वाचित प्रदेशसभा सांसद तथा गुन्डा नाइके राजिव गुरुङ अर्थात् दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिए

0
60

काठमाडाैं । मनाङबाट निर्वाचित प्रदेशसभा सांसद तथा गुन्डा नाइके राजिव गुरुङ अर्थात् दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे रिहा भएका हुन् ।

सर्वोच्च अदालतको आदेशमा उनी शुक्रबार जेलबाट छुटेका हुन् । बाँकी कैद मिनाहा गर्ने आदेशसँगै उनी छुटेका हुन् । अर्का गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय गरिएको थियो ।

प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभामा निर्वाचित भएपछि नै पक्राउ गरी जेल पठाइएको हो । उनलाई ७ वैशाखमा काठमाण्डु प्रहरी परिसरको टोलीले स्वयम्भूबाट पक्राउ गरेको थियो ।

LEAVE A REPLY