नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा देशलाई समृद्ध बनाउने आफ्नो सपना रहेको बताए

0
34

चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा देशलाई समृद्ध बनाउने आफ्नो सपना रहेको बताएका छन । बुधबार चितवन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले भने ‘मेरो सपना १० वर्षमा देशलाई समृद्ध बनाउने हो’, उनले भने, ‘यो अवधिमा देशसँगै चितवनलाई पनि समृद्ध बनाउन सक्छौँ।’

प्रचण्डले अब विकासका लागि गम्भीर भएर लाग्ने बेला भएको उल्लेख गरे। सबैले जिम्मेवारी लिएर विकासका कामलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। ‘गम्भीर भएर विकासमा लाग्नु पर्छ’, उनले भने, ‘हामीले देशका लागि केही गर्नुपर्छ भनेर बुझ्नुपर्छ।’

LEAVE A REPLY