सम्बन्धहरु दुर्घटना परेको बेला एउटा भेट

0
153

मित्र दामोदर ढकालसग एकजना नारीसग अचानक भेट भयो गगबु चोकमा । यो ब्यस्त महानगरमा भेटिनु छुटिनु के नै ठुलो कुरा हो र ? कस्तो कस्तो प्रेमिल कथाको दु:खद अन्त्य त यो शहरमा सहज हुन्छ । जाबो भेटेर छुटिनु के नौलो कुरा हो र ? यहाँ कति लामा यात्राले दु:खद गन्तव्य भेटेको छ त्यो अन्त्य भएको छ । सागको मुठा जस्तो मान्छेको भावना बिक्छ यहाँ । यस्तो बेला कोहि भेटियो अनि त्यो खास लाग्यो सिर्जनात्मक रूपमा । सुहाउँदो साडी लगाएकी अनि मधुर स्वरकी हसिली ती नारी थिइन मानुसी रेग्मी ।
मलाई एउटा प्रतिभा सपन्न नारीसग भेटेकोमा खुशी लाग्यो ।यस्तो लाग्यो यो उनीसग भेटनु नदि र नदिको भेट हो ।
साहित्य यात्रामा उनीँसग फेसबुकमा उहिल्यै कृतिम मित्र रहेछौ हामी । बोलचाल नभएको सिर्जनात्मक छलफल नभएको । नाम र सङ्ख्या पुर्याउने साथी । फेसबुके साथी । आजको समाजमा देखाउने दात जस्तो । मलाई लाग्यो उनीसँग मित्रता जोडि जादा एक बारको जुनीमा के नै जान्छ र?? मान्छेले मर्नु त छदैछ भने बाच्दा पनि सयौं हातहरुमा हात मिलाउनु पनि उत्सव हुनुपर्छ । जिन्दगीमा यो कुन नौलो कुरा हो र ?
शहर सम्बन्धहरुको प्रेमिल आयाम हराउदै गएको छ । प्रेमी प्रेमिकाहरु तिर्खा मेटने मेलामा मात्र सामेल छ । लिभिङ टुकेदरको माहोल छ । देशमा पिडा अनन्त चीत्कार छ् । यस्तो बेला एक जना नारी भान्सा घेराबाट साहित्यको आकाशमा आएकी छिन जुन तारा झै प्रकाश छर्दैछिन । उनका गजलहरुमा देश दुखेको छ ; माटो रोएको छ मान्छेमा हराउदै गएको मानवता तीब्र खोजी छ । पवित्र प्रेमको आह्वान छ । समकालीन नेपाली गजल फाटमा यी नारी प्रतिभाको नाम अग्र स्थानमा छ ।
हामी उति नजिक छैनौ भौतिक रूपमा । जव केही बस्तुलाइ छुन सकिदैन त्यस प्रती मानिसको चरम मोह हुन्छ ।जस्तो स्वर्ग प्रेम माया साहित्य समय आदि । जो छुन होइन महसुस गर्ने कुरा हो । मलाई मानुसीजीको रचनाले छोएको हृदयमा । कोहि कोहि बस्तुले छोएको थाहा नै हुन्न ।

र उनको एक कविता

एक झुन्ड मानिसहरु
भए तिर नजर ठोकियो ।
म टक्क अडिएँ ।
त्यहाँ कुनै उत्सव मनाइदै थियो ।
सबै खुसी थिए।
रमाइरहेका थिए ।

अलि कति अगाडि केही मानिसहरू
मजबुरी गरिरहेका थिए ।
जस्तो माहुरीको गोलो
जीवन यापनको लागि फूलबारीमा
दौडिरहेछ।
अगिको भन्दा छुट्टै वातावरण थियो।
उनीहरु श्रम बेचिरहेका थिए।
पसिनासङ्ग पैसा साटिरहेका थिए।
घर व्यबहार चलाउनको लागि ।

चिराचिरा परेर फुटेका ती
पैताला भरी रगत लतपतिएको थियो ।
जस्तो कि फूलको रसमा लतपतिएको माहुरी झै।
अनुहार भरी चाउरिएका धर्साहरु कोरिदै थिए।
डोको र नाम्लो साथि थिए ।
डोको भरी बालुवाको गह्रुङ्गो भारी थियो।
शिशिरको चिसो सिरेटोमा पनि
तप्प-तप्प पसिना चुहाउदै जीवन
धान्ने हरुको कमि थिएन।
यो शहरमा।

कोहि भौतारी रहेका थिए
हातमा शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर
दिइरहेका थिए जिन्दगीका परिक्षाहरु ।
आफ्नो योग्यता अनुसारको।
कोहि हरेस खाएर बसेका थिए ।
बिचरा! बेरोजगार भएर जागिर खोज्दा खोज्दा
थाकेर थकित अनुहारमा विश्राम
लिएका थिए ।

देशमा बेरोजगारी बढेपछी
दिनहु परदेश पलायन हुनेको संख्या पनि
उत्ति नै बढेको छ।
कति त रगत संगै पैसा साट्दा साट्दै
रित्तो भएर चिर निन्द्रामा लिन भे झैं
रातो बाकसमा बिमानस्थलमा
आइ रहेकाथिए सपना र भबिस्यलाई
पूर्ण बिराम लगाएर।

अर्को तिर…
एक हुल युवा युवती चुरोट कै
धुवामा उडिरहेछन् ।
लाग्छ उनीहरुको जीवन
मदिरा र चुरोट मै बगेको छ ।
र पार्क भित्र उनिहरुको जवानी
खुलेआम नंगिरहेछ धुपीको छाया मुनि ।

र …..
कोहि विवशताले होला सायद
आफ्नो जवानी खुलेआम बिक्रीमा
राखेर ग्राहकको प्रतीक्षामा छन् भने
कसैले ग्राहक खोजिदिने दलाली गर्दै छन् ।

अझ भनौं भने ,
केही बहानालाई भर्र्याङ् बनाएर
अतृप्त जवानीको प्यास बुझाउन
अनेकौं लुकामारी खेलेको पनि
नदेखेको कहाँ होर
जिब्रोमा पबित्र सरस्वती बोकेर
गरिने रासलिलाहरुले हद पार नगरेका होइनन् ।

उस्तै …
गणतन्त्रका भरौटेहरु
उत्तानो भुँडी पल्टाएर
पजेरोमा हुइकिदैछन् भने
उनिहरुलाई राजा बनाउने
मति भ्रष्टहरु लखरलखर
हिलाम्य बाटो हिडिरहेकाछन् ।
कहाँनेर हिलो छ्यापिने हो पत्तै छैन।
खाडल भित्रका बाटोमा हुइकिने
सवारीले दिक्क बनाइ सके ।
सेतो पछ्यौरीमा हिलो छ्यापेर
नमेटिने दाग लगाए जस्तै भो।
यो राजनीति पनि ।

जिन्दगीको रङ्गमञ्चमा
नाटक मन्चन भै रहेछ ।
यी नयनहरुले नाटकका फरकफरक
दृश्य कैद गर्दै मन मस्तिष्कसम्म
पुर्याइ रहेछन्।
मानुषी

LEAVE A REPLY