जयन्तीका फाइवर सिरक गरिब वस्तीमा

0
37
साढे चार वर्ष अघि वाढीले घरवास वगाएर विस्थापित वनेका सुर्खेतका वाढी पिडितहरुलाइ चिसोवाट वचाउनका लागि अमेरीकामा वस्ने समाजसेवी जयन्ती थापाले न्यानो कपडा अर्थात फाइवर सिरक दिएकी छिन् । समाजमा रहेका विभिन्न दुखी गरिव तथा विपन्न नागरिकहरुलाइ व्यक्तिगत रुपमा विभिन्न प्रकारका राहत तथा सहयोगहरु दिदै आएकी थापाले विहिवार सुर्खेतको भेरीगंगा नगरपालिकाको पाँडुले स्थित अस्थायी शिविरमा रहेको ९ घरपरिवारहरुलाइ चिसो वाट वच्ने न्यानो कपडा फाइवरको सिरक दिएकी हुन् । जाडोले वाढी पिडितहरु समस्यामा परेको खवर सुनेर समाजसेवी थापाले उनीहरुलाइ वास स्थानमै सिरक पुरयाइदिएकी हुन् । थापाले वाढी पिडितहरुका लागि पठाएको सिरकहरु उनको तर्फवाट उनका वुवा धर्मजंग थापा र आमा पार्वती थापाले हस्तान्तरण गरेका छन् ।
जयन्तीका वुवा आमाले चार वर्ष अघि अर्थात २०७१ साउन २८ र २९ गते आएको वाढीवाट पिडितहरु झुपिसरा डाँगी, सिताराम सुनार, अमृत विक, धनकुमारी खत्री, देउरुपा कामी, दुर्गबहादुर सुनार, शुसिला विक र खगिसरा सुनारको परिवारलाई छोरी जयन्तीको तर्फवाट प्राप्त भएको सिरक हस्तान्तरण गरेका हुन् । कठयांग्रीदो चिसोमा तातो हुने सिरक पाएपछि वाढी पिडितहरु निकै खुसी मात्र भएनन जयन्तीको खुलेर गुनगान समेत गाए । चिसोमा न्यानो कपडाको अभावले कष्ट वेहोरी रहेकी देउरुपा कामीले जयन्तीलाइ भगवानकै संज्ञा दिइन् । हामी आपतमा परेका वेला सरकारले हेरेन तर जयन्ती नानीले यो चिसोवाट वचाउने सिरक दिनु भयो, उनले खुशी हुदै भनिन् । अमेरीकामा भएर पनि हाम्रो पिडा वुझेकोमा जयरुपाले जयन्तीलाइ धन्यवाद दिइन् । सिरक वितरण कार्यक्रममा जयन्तीका वुवा धर्मजंगले चिसोले वाढी पिडितहरु हैरान भएको खवर सुन्ने वित्तिकै छोरीले यो सिरक सहयोगको रुपमा पठाएको वताए । कार्यक्रमा सहभागि सवैले जयन्तीको समाजेसेवी एवम पुण्य कार्यको प्रशंसा गरे । कार्यक्रममा कर्णाली प्रदेश बाढीपहिरो समस्या समाधान समितिका सदस्य यज्ञप्रसाद ढकालले पिडितहरुको कष्ट र मर्का वुझेर काम गर्ने जयन्तीको निस्वार्थी मनप्रति धन्यवाद दिए । आफुहरुले वाढी पहिरो पिडितहरुको हित र सहयोगका लागि काम गरिहेको भन्दै जयन्ती जस्तै समाजसेवीहरु धेरै भए समाज वदल्न धेरै समय नलाग्ने वताए । समाजमा रहेका दुखी विपन्न र असाहयहरुलाइ शुद्ध मनले सहयोग गर्नु नै आफनो धर्म रहेको समाजसेवी जयन्तीले वताइन् । उनले सके सम्म दीनदुखीहरुको सेवा र सहयोगमा आफु सधै लागि रहने वताइन् । विभिन्न समयमा आएको वाढीवाट सुर्खेतका सात स्थानिय तहमा ९ सय ८२ परिवार विस्थापित जीवन विताउन वाध्य भएका छन् । सिरक हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष माया थापा, विविसीका पत्रकार प्रकाश पन्त कान्तिपुरकी पत्रकार करिष्मा चौधरी लगाएतका सन्चारकर्मीहरु र समाजसेवी रामबहादुर खड्का, गगन थापा र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । जयन्ती थापाका तर्फवाट उपलव्ध भएको फाइवर सिरक पिडितहरुको घर सम्म ढुवानी गर्न सुर्खेतका उद्यमी रामबहादुर खड्काले गाडी सहयोग गरेका थिए ।कोशेली मालिका

LEAVE A REPLY