देबेन्द्र खेरेसको कविता : सिपाही

    0
    91

     

    सिपाही
    ……….

    एक किलाे हेल्मेट
    दुई किलाे बुट
    र चार किलाे राइफलको जिन्दगी

    म बाँचे भने
    बाँच्ने छ मेराे युग
    बाँच्ने छन्
    मेरा अाकाश, धर्ति…
    बाँच्ने छन् मेरा इच्छा र अाकाङ्क्षाहरू
    बाँच्ने छन् परिवार र अाफन्तहरू
    तर
    म बाँच्नुकाे लागि कायर हैन ।

    युद्धमा
    हरक्षण गुन्जिरहने
    एम्बुस र गाेलीकाे झङ्कार
    हरघडी अाँखामा नाचिरहन्छ
    युद्धमा नम्बरी ढलेकाे दृश्य
    र हरपल अाइरहन्छन् स्मृतिमा
    प्रियसी सम्झनाहरू
    रेकर्ड भइरहेछन् यी सबै
    जिन्दगीको रेकर्डरमा
    जाे सुनाउने छु तिमीलाई
    यदि अाएँ भने – फर्केर युद्धबाट ।

    *****
    कविताकृति: काेलम्बस यात्रा
    कवि: देवेन्द्र खेरेस
    प्रकाशक : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत

    LEAVE A REPLY