सुनिताको मीठो कविता

    0
    92

    कविता
    ” परिबन्धले बाचेको मान्छे ”

    जुन कुराको जरुरी थियो त्यो मसंग छैन
    माया गर्ने मान्छे सबै आफ्नो मान्छे होइन
    फरक यति छ आफ्ना र पराया संगका नाताहरु
    अटुट होलान तर रगतले एक छैनन् ती सम्बन्धहरु
    कसैलाई सेवा गरुन्जेल पाएको माया के माया
    पिडा त आफुले गुमाएको कुराको लाग्छ
    रसाएको आँखा र भिजेका परेली मेरा लागि
    कुनै नौलो होइन सुखले रमाउनेको जमातमा
    बेदना भरिएको मान्छे म मेरो के तुलना
    म एउटा परिबन्धले बाँचेको मान्छे

    म एक्लिएको पिडित बेसाहारा
    साहारा खोज्दै गल्ली गल्ली घुम्ने
    जीन्दगी सबै खोक्रिएको एउटा यात्री
    पोख्त भैसके दु :ख का भारी बोक्नलाई
    रंगीन खुशिहरु कल्पना मै सीमित छन्
    सबै भगवानले दिएको बलिदान
    बन्द कोठामा रहेर इतिहास पल्त्याउन विवश छु
    थुनिएको छिडिबाट नछिरेको किरण उज्यालोको निम्ति
    नफूलेको उनिउको ध्रुबसत्य कहानी जस्तै
    कटघरामा उभिएको मान्छेले अन्धकारमा जीउनु पर्ने
    म एउटा परिबन्धले बाँचेको मान्छे

    कसैको मिठो सुस्केरामा पनि खबरदारीको घण्टी बज्ने मेरो कान
    मुस्कुराउदै पाइला अघि चाल्न खोज्दा पनि विरोध
    जनाउने मेरो मन
    यो कसैको निम्ति होइन आफ्नै निम्ति हो
    एउटै लाइनमा उभिन हैसियत नभएर
    उज्यालो पाएर अँध्यारोमा हिड्ने यात्रीको
    के मुल्यांकन गर्ने र खै सबै खुशि दबाएर
    म परिबन्धले बाचेको मान्छे

    सुनिता सोयोङ राई

    LEAVE A REPLY