माओवादी कम्युनिष्ट केन्द्र नेपाल काभ्रेको जिल्ला सम्मेलन सम्पन्न !!

    0
    136

    माओवादी कम्युनिष्ट केन्द्र नेपाल काभ्रेको जिल्ला सम्मेलन सम्पन्न !!
    माओवादी कम्युनिष्ट केन्द्र नेपाल, काभ्रेको जिल्ला सम्मेलन सम्पन्न भएको छ। १७ गते पार्टिका सचिवालय सदस्य सिताराम दाहाल क. अविरलको प्रमुख आतिथ्यता तथा प्रवक्ता क. जानू श्रेष्ठ र पोलिट्ब्युरो सदस्य क. हिमाल खरेलको विशेष आतिथ्यतामा भएको उक्त सम्मेलनले क. भरत लामाको नेतृत्वमा १५ सदस्यिय जिल्ला कमिटी गठन गरेको छ ।
    सोही अवसरमा माओवादी कम्युनिष्ट केन्द्र नेपालको युवा संगठन योङ्ग कम्युनिष्ट केन्द्र, नेपाल (YCC Nepal) को १७ सदस्यिय जिल्ला कमिटी गठन समेत गरिएको छ । YCC Nepal को जिल्ला संयोजकमा क. काजिराम भुजेल निर्वाचित हुनुभएको छ ।
    कार्यक्रममा प्रमुख अतिथी तथा अतिथीहरुले पार्टिको वर्तमान कार्यदिशाका बारेमा प्रष्ट पार्नुका साथै कम्युनिष्टका नाममा बनेको सरकारका गलत काम कारवाहीप्रती असहमती प्रकट गर्नुभएको थियो।
    कार्यक्रमको संचालन YCC Nepal का केन्द्रीय संयोजक इश्वर दाहाल क. विवेकले गर्नुभएको थियो ।

    LEAVE A REPLY