अनमिनसग बार्ता गर्ने अर्जुनको चेतावनी

    0
    52

    बहिर्गमित जनमुक्ति सेना नेपालले नेपाल सरकारले आफूहरुको मागको सुनुवाई नगरेकोले अब अनमिनसँग मात्र वार्ता गर्ने बताएको छ ।

    शान्तिप्रकृयालाई सही निष्कर्समा पुर्याउने काममा बाधा नपुोस भनेर २०६६ सालमा आफूहरुले पार्टीको आदेश मानेर अनमिनको रोवहरमा ब्यारेक छोडेको तर अयोग्यताको बिल्ला नहटाएकोले यो सरकारसँग वार्ता गर्नुको औचित्य नभएको सो संगठनको भनाइ रहको छ ।

    काठमाडौंका बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो कुराको जानकारी गराएका हुन् । संगठनका इन्चार्ज अर्जुन बुढाथोकीले आफूहरु केपीको निर्देशनमा जनयुद्ध नलडेको तर प्रचण्डको निर्देशनमा जनयुद्ध भएकोले आफूहरुको मागप्रति प्रचण्ड भने जिम्मेवार हुनु पर्ने धारणा राखे ।

    सो संठनकै अर्का कमाण्डर असिम लिम्बुले अहिलेसम्म नेतासँग माग राखेर संघर्ष गरियो तर सुनुवाई भएन त्यसकारण अब उनीहरुले शिविरमा गरेको भ्रष्टाचार र आफूहरुमाथी अयोग्यताको बिल्ला लगाएको कुराहरु लिएर जनतामा जाने विचार व्यवक्त गरे ।

    आफ्नो संगठनको बैठक बसिरहँदा सरकारले संगठनमाथी निगरानी गर्न जासुस पठाएकामा आपत्ति जनाउँदै उनले ७ वटै डिभिजनमा भएको आर्थिक अनियमितताको एकदिन पर्दाफास हुने उनको धारणा छ ।

    उनीहरु आफूहरुमाथी लगाइएको अयोग्यको बिल्ला हटाउनु पर्ने, अन्य जनसना सरह आफूहरुलाई पनि राज्यले सेवा सुविधा सहितको आर्थिक प्याकेज दिनुपर्ने लगाएतका माग राखी विगत ९ वर्षदेखि आन्दोलन गर्दै आएका छन् ।

    LEAVE A REPLY