भौतारिएर डुलीहिडेको बेला – शङकर दुलाल

    0
    55

    म सारै भौतारिदै घुम्दै डुल्दै हिडिराथे सोचाइ यत्ती ठूलो गहकिलो थियो कि मेरा मान्यजन भन्दा नि ठूलो म यत्ती बिद्ध्वान कि मेरो गुरु भन्दा नि धेरै जान्ने सोच्दै जादा म यत्ती बलियो कि मलाइ पछार्न त के छुन नि कसैले सक्दैन म यत्ती सम्म सोच्नेकी कुरागरी साध्य छैन जाबो यत्रो धागो जत्रो लहरोमा यत्रो घट्ट जत्रो फर्सी फल्ने अनि यत्रो ठूलो रुख मा जाबो यत्रो आँप फल्ने भन्दै सोच्दै सोच्दै भौतारिदै खोज गर्दै यो संरचनाको बिरोध गर्दै हिड्ने क्रममा संजोगले आपको फेदैमा विश्राम लिदै थिए एउटा कुहिएको आँप झरेर मेरो टाउको मा पर्यो र होस खुल्यो यदि त्यो आँप फल्ने ठूलो रुख मा घट्ट जत्रो फर्सी फलेको भए र झर्दा मेरै टाउकोमा त्यो आँप जसरी बज्रेको भए के हुन्थ्यो होला?श्रीस्टिको कल्पनाकार र अग्रज हरुले सिकाएको कुरो असल र खराब नछुट्टाइ मपाइत्व देखाउदा परिणाम गलत आउन सक्छ भन्ने होस खुलेको छ खुलाउन प्रेरणा दिने सबैलाइ धन्यवाद ।

    LEAVE A REPLY