केशव राईको तेस्रो एल्बम ‘हितैको माया’ भव्य लोकार्पण

0
28

असोज १७ काठमाण्डौ !
विगत डेढ दशकदेखि विदेशमा रहेर पनि सक्रिय रहेका तथा संगीतकार केशव राईको तेस्रो एल्बम ‘हितैको माया’ भव्य लोकार्पण भएको छ । काठ्माण्डौमा आयोजित कार्यक्रमका बीच आख्यानकार राजन मुकारुङ,गीतकार जीवन मुकारुङ,गीतकार शुभ मुकारुङ, टीका चाम्लिङ, गायक उमेश राई, कवि शशी लुमुम्बु र चन्द्र रानोहछाँ लगाएतले संयुक्त रुपमा उनको गीतिसंग्रह भव्य लोकार्पण गरे ।

मकाउमा बस्दै आएका गायक राई साढे दुई दशकदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय छन् उनको यो भन्दा गाडि ‘अजम्बरी फूल’ र ‘जुत्ता चाइनाको’ एल्बम सार्वजनिक भइसकेको छ ।
उक्त कार्यक्रममा बोल्दै गायक उमेश राईले ‘उहाँका लोक भाकामा ठाउँ-ठाउँको माटोको सुगन्ध भेटिन्छ ‘ भने ।

यसैगरी चर्चित गीतकार शुभ मुकारुङले प्रवासमा रहेका नेपालीको नेपाली संगीतमा ९० प्रतिशत योगदान रहेको बताउँदै ‘उहाँको संगीतप्रतिको निरन्तर सक्रियता सह्राहनीय रहेको छ ‘भने।
साथसाथै आख्यानकार राजन मुकारुङले पनि ‘केशव राई गीत संगीतमार्फत स्थानीय लोक लयलाई मजाले टिपेका छन् । उनको गीतहरुमा पूर्वीय लोक लयको स्थनिक सौन्दर्य पाइनछ ‘ भने।

LEAVE A REPLY