बलीउड अभिनेता अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाए

0
8

बलीउड अभिनेता अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएका छन् । उनले एउटा फिल्म खेलेको १०० करोड भारु लिने भएका हुन् ।

अक्षयले फिल्म निर्माता वासु भगनानीको नयाँ बन्ने फिल्मको लागि १०० करोड भारुमा सम्झौता गरेको खबर भारतीय सञ्चार माध्यमले छापेका छन् । फिल्म निर्माता बासु र एमी इन्टरटेन्मेन्टका निखिल आडवाणीले नयाँ बन्ने फिल्मको प्रोजेक्टमा काम गर्ने बताइएको छ । जानकारी अनुसार नयाँ फिल्मको निर्देशन रंजीत तिवारीले गर्नेछन् ।

फिल्म एक हार्ड कोर एक्शन ड्रामामा आधारित हुने जनाइएको छ । फिल्मको नाम नबताइए पनि फिल्मको कथा वास्तविक घटनासँग सम्बन्धीत हुनेछ ।

फिल्मको धेरै सुटिङ्ग बेलायतको लण्डनमा हुने बताइएको छ । यसअघि अक्षय कुमारले बासु भगनानीको फिल्म एयरलिफ्टमा पनि काम गरेका थिए । एयरलिफ्टले बक्स अफिसमा शानदार प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY