रामधुनी ७ मा धार्मिक तथा सास्कृतिक माहामेला।

0
192

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको १ नं. प्रदश, सुनसरी जिल्लाको रामधुनी नं. पा. वडा नं. ७ मा रहेको सुन्सरी सामुदायीक बनको मातहातमा रहेको ४० हेक्टर क्षेत्रफलमा रा. स. इमानसिंह चेम्जोङ् स्मृती प्रतिश्ठान पार्क तथा पर्याटकीय स्थल निर्माणधिन रहेको क्षेत्र भित्र बिभिन्न किसिमका पर्यटकलाई ज्ञान बर्दक तथा आकर्शणको लागी नमुना कृयाकलाप गर्दै आई उहेको छ।

२०६० साल देखि देश भरिको विविध जातिहरुको संस्कृतीको बिकास र संरछण गर्न याहा मेलाको आयोजना गर्दै आएको छ। बिशेषत हरेक उभाउली उधाउली मान्ने नेपालीहरुले आआफ्नो कला संस्कृती प्रदर्शन गर्नका साथै आआफ्ना देवश्थलमा पूज आज गरने गर्दछ। सबै जाती धर्म सास्कृतीको पहिचान सबै जाती बीच परिचित होस भन्ने उदेश्यले सन्चालन गरिदै आएको हो यो माहामेला। हाल बैशाख पुर्णिमा १ दिने र मंशिर पूर्णीमा २ दीने मेला लाग्ने गरेको छ, । नेपालका १२५ जातीको नमुना देवश्थल बनाउने लक्ष अनुसार हाल १० वटा नमुना देवश्थलको निर्माण भइसकेको छ।

भविश्यमा सबै जातिको सांस्कृतीक अभिलेख सहितको संग्राहालयको निर्माण गरि नेपालकै नमुना जातजतीहरुको सांस्कृतीक संगम माहामेलाको आयोजना गर्दैजाने लक्ष रहेको याहाँका संन्चालक समितीका प्रतिनिधी बताउनु हुन्छ। करिव १० हेक्टर क्षेत्र पानीले भरिएको रा. स. ताल पूर्बकै ठूलो र सुन्दर ताल भन्दा पनि फरक नपर्ने एस ठाउमा पहाडी भेगमा पाइने सल्लाको अर्कै आकर्शण पनि रहेको छ। हरेक बर्ष बनभोज खानेको  ठूलो भिड लाग्ने गर्दछ। धेरै म्यूजिक भिडीयो र फिल्महरुमा याहोको दृश्य कैद भइसकेको छ। एस माहामेला अर्थात रा. स. तालमा आउन धरान बाट २० मिनेट, तरहरा देखि २५ मिनेट, झुम्का वा पकली बाट २० मिनेट र चतरा देखी ३० मिनेटमा आई पुग्न सकिन्छ। यी ४ नगरको बीचमा रहेको रा. स. ताल गुगलमा पनि सर्च गरेर हेर्न सकीन्छ। फरक सोच र संरचना बनायएर १ नं. प्रदेशकै ऐतेहासीक थलो बनाउने उदेश्य लियेर रा. स. इमानसिंह चेम्जोङ स्मृती प्रतिस्ठान र सुनसरी सामुदयीक बान उपभोक्ता समुह निरन्तर लागिपरेको छ। भबिश्यमा हेलिप्यड चिडिया खाना बाल उध्धयान पार्क सास्कृतीक संग्राहालय लगायत बभिन्न प्रकारको आकर्शक संरचना बनाउदै लाने उदेश्य रहेको बताइन्छ। नमुनाको रुपमा साना जलबिद्धुत, चिडिया खाना, ट्री हाउस झोलुंङ्गे पुल, बौध पार्क लगायतको संम्म्रचना पनि याहाको थप परिकल्पना रहेको छ।

LEAVE A REPLY