चुनाव बहिस्कारको नारा सहित भव्य प्रदेश १ वाइसियल भेला

0
128

मंसिर ८ काठ्माण्डौ ! गोपाल किराती नेतृत्व रहेको पुनर्गठित नेकपा (माओवादी केन्द्र )को उत्तराधिकारी संगठन युवा कम्युनिष्ट लिग (वाइसियल )को प्रदेश १ (किलिको )मा १४ जिल्लाको प्रथम प्रदेश भेला धरानमा भव्य सम्पन्न  भएको छ!  

जनयुद्धमा ज्यान आहुति दिने सहिदहरुको परिवारलाइ उच्च सम्मान बाट कार्यक्रमको शुभारम्भ गरिएको थियो ! यस प्रदेश भेलाले अर्जुन लामाको अध्यक्षतामा केदार राइ उपाध्यक्ष ,कल्पना मुखिया सचिब लगायत अन्य ४१ सदस्यहरुको जम्भू प्रदेश समिति चयन भएको छ !

कार्यक्रममा युवा प्रदेश १ संयोजक केशर लिम्बुको सभाध्यक्ष रहेको थियो भने नेकपा माओवादी केन्द्र पार्टि उपाध्यक्ष तिलक थापा प्रमख अतिथि रहेका थिए ! यसैगरी विशेष अतिथिहरुमा नेपालि कांग्रेस ,समाजवादी, वैद्य किरण नेतृत्व नेकपा लगायत राजनैतिक दलहरु बाट युवा नेताहरु उपस्थित रहेका थिए भने अतिथिहरुमा आयोजक पार्टीको अगुवा नेताहरु,प्रदेश इन्चार्ज /संयोजकहरु लगाएत थिए !
बृहत जनसहभागिता रहेको यस कार्यक्रम मार्फत उपनिर्वाचनलाइ ‘ बहिस्कार ‘गरौ भन्ने नारा लगाइएको थियो !
कार्यक्रमलाई सम्बोधन गर्दै वाइसियल उपाध्यक्ष प्रकाश दुमी राइले ‘ यो उपनिर्वाचनको कुनै अर्थ छैन , जनताको हित र आफ्नो देशको सिमा सुरक्षामा बोल्न नसक्ने यस्ता नालायक सरकारको अब ढाड सेक्न उठ्नु पर्ने बेला आएको छ र अव यस प्रदेश १ का युवा समतिले तयार रहनु पर्छ ‘भने !
त्यसैगरी ,प्रमुख अतिथि पार्टि केन्द्रिय उपाध्यक्ष तिलक थापाले ‘ साचो कम्युनिष्ट कस्तो हुन्छ ? भन्ने अब यो पार्टि र वाइसियलले देखाउने छ ‘भनेका छन् !
सवै विशेष अतिथि ,अन्य अतिथिहरुले शुभकामना दिदै अहिले उपनिर्वाचन भन्दा प्रधान कुरो हाम्रो मुलुकको सिमाना हो ,सवै जुट्नु र उठ्नुपर्ने वताएका थिए !
कार्यक्रमलाई अझ प्रभावकारी वनाउन जनवादी गीत नृत्य ,गायन समेत बेजोड प्रस्तुत गरिएको थियो ! कलाकारहरुलाई सम्मान पत्र प्रदान गर्दै उनीहरुलाई अतिथि आसन ग्रहण समेत गराइएको थियो !
नया वनेको प्रदेश१ युवा समितिलाई वाइसियल केन्द्रिय अध्यक्ष प्रकाश राइ गौरवले सपथ खुवाएका थिए ! कार्यक्रम संचालन वाइसियल केन्द्रिय सचिवालय सदस्य कल्पना मुखियाले गरेकी थिइन् !यो समाचार आजकोकुरा बाट साभार गरिएको हो !

LEAVE A REPLY