साझा पार्टिले राजनैतिक ‘भुँइ यात्रा’ तुरुन्त शुरु गर्ने

0
134

मंसिर,२८ काठमाडौं ।अब साझा पार्टिले राजनैतिक ‘भुँइ यात्रा’ अभियान देशै भर चलाउने भएको छ !
काठ्माण्डौमा सनिबार बसेको साझा पार्टी अन्तर्गत कर्णाली प्रदेश समिति तथा कर्णाली-काठ्माण्डौ साझा सम्पर्क मंचको सयुक्त बैठकले पार्टिको भावी योजना अनुरुप अब देशैभर राजनीतिक जागरण ‘भुँइ यात्रा ‘थाल्ने कर्णाली प्रदेश संगठन बिभाग प्रमुख केशव मल्लले संचारकर्मीलाई बताए !
साथै मल्लले यो अभियान कसरि चलाउने भन्ने विषयमा ठोस निर्णय ल्याउन आज गम्भीर बैठक बसेको पनि बताएका छन् !
पार्टी केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दहालको अध्यक्षतामा बसेको बैठकले अब कर्णाली प्रदेशमा सामाजिक कार्य संगै साझाको संगठन बिस्तार कार्यक्रम ‘ भुँइ यात्रा ‘शुभारम्भ तुरुन्त शुरु गरिने निर्णय भएको बताइएको छ !
दहालले जन भावनामा पर्ने ससाना समस्याहरुलाई ध्यानमा राख्दै उनीहरुको कसरि सेवा गर्न सकिन्छ ?भन्ने विषयमा केन्द्रित रहँदै अब कर्णाली प्रदेशमा साझामय समस्याको उपाय खोजिनेछ ! नेपालि जनताले हामि राजनीति पार्टि र नेता बाट कामको आशा राखेका हुन्छन् र हामीले राजनीति गर्नु भनेको पनि जनताको सेवा गर्नु हो ,जन भावनाको काम गर्नु हाम्रो कर्तव्य हो पनि बताए !
कर्णाली प्रदेशका प्रदेश समिति सदस्यहरु, साझा मंचका संयोजक पवन मल्ल र दश जिल्लाका सदस्यहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो !

LEAVE A REPLY